२०८२ चैत्र १ गते आइतवार

एनपिएलमा उपाधि लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

दाङ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि आज शनिबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा उपाधिका लागि दिउँसो ३ :३० बजे भिड्न्त सुरु हुँदैछ ।

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि भिड्न्तका लागि तयार छन् ।

लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हाल्नुभएको छ । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस