दाङ । तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको दोस्रो फुटबल प्रतियोगितामा उपाधिका लागि आज वडा नम्बर १२ र १८ भिड्ने भएका छन् । उपाधिका लागि वडा नम्बर १२ र १८ बिचको फाइनल खेल दिउँसो २ बजे खेल हुने आयोजकले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनिको खेलमैदानमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी प्रतियोगितामा विजेता हुने टोलीले नगद २ लाख ६६ हजार ६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद १ लाख ६६ हजार ६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ॥













