२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुर महोत्सवमा आज बद्री पंगेनी र टिका सानु लगायतका कलाकारको प्रस्तुति रहने

दाङ । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’मा आज पनि ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।

महोत्सवमा आज १२ औँ दिनमा चर्चित गायक बद्री पंगेनी, चर्चित गायिका टिका सानु, हाँस्य कलाकार कमल गाउँले, गायक एमटी महर लगायतका कलाकारको विषेश सांगितिक प्रस्तुति रहने सांस्कृतिक संयोजक टिका जंग वलीले बताउनुभयो ।

महोत्सवमा आज पनि लोकदोहोरी, सामुहिक लोक नृत्य प्रतियोगिता, स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । तुलसीपुरको घोराहीरोडको उत्तरतर्फ रहेको मैदानमा पुस ४ गतेदेखि जारी महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । चिसोको मौसम भएपनि दर्शकहरुको सहभागीता उल्लेख्य हुने गरेको छ ।

दिनप्रतिदिन दर्शकहरूको उल्लेख्य सहभागिताले आयोजकलाई समेत उत्साहित बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । उहाँले आज झनै सार्वजनिक बिदा पनि परेका कारण दर्शकको सहभागीता बढ्ने बताउनुभयो ।

स्थानीय वस्तुको बजारीकरण, औद्योगिक वातावरण निर्माण गर्न र पर्यटकियस्थलको प्रचारप्रसारका लागि प्रथम तुलसीपुर महोत्सवको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म संचालन महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । उहाँले दैनिकजस्तो महोत्सवमा कारोबार पनि उत्साहजनक हुने गरेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस