दाङ। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ७ खैरेनीमा रहेको मिड वेष्ट प्वाइन्ट एकेडेमीले पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । एकेडेमीले ४९ पद प्राप्त गरी आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो ।
प्रतियोगितामा मिड वेष्ट प्वाइन्ट एकेडेमीले २६ स्वर्ण, १४ रजत र १३ काँस्य गरी कुल ४९ पदक हात पारेको खेल शिक्षक कसम गाहामगरले बताउनुभयो ।
यससंगै मिड वेष्टले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको हो भने शान्तिगर गाउँपालिकामा सातौँ पटक प्रथम भएको हो ।
पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माध्यमिक विद्यालय सानो तुलसीपुरमा पुस १६ देखि १८ गतेसम्म संचालन भएको हो ।














