दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड आज बिहीबारदेखि १८ दिन बन्द हुने भएको छ ।
दाङ–सल्यान सडकखण्डको कपुरकोट हर्नेटी खण्डमा स्तरोन्नति कार्य चलिरहेको छ । माघ ८ गते अर्थात आजदेखि २५ गते सम्म दिउँसो सडक बन्द हुने भएको हो । उक्त सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सवारी आवागमन बन्द गरेर सडक फराकिलो बनाउने कार्य गरिने भएको छ ।
सडक डिभिजन कार्यालय दाङले पुस ३० गते सार्वजनिक सूचना नै जारी गरेर सडक बन्द गरिने जानकारी गराएको हो । सडक डिभिजन कार्यालयका अनुसार १८ दिनसम्म दैनिक पाँच घण्टा कपुरकोट–हर्नेटी सडक खण्ड बन्द हुनेछ ।
साना र अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ष्रिएको छ । डिभिजन कार्यालयले तुलसीपुर–३ को पैंयाखोरीयादेखि सातबास किमुचौर कपुरकोटको वैकल्पिक मोटरबाटो प्रयोग गर्न भनेको छ । यस्तै तुलसीपुर कालीमाटी लुहाम हुँदै यात्रा गर्न सकिने बताइएको छ ।















