२०८३ असार १ गते सोमवार

आज तराइका केही ठाउँमा हुस्सु र कुहिरो

दाङ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दाङ उपत्यकासहित देशभर आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान तराइका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

ती क्षेत्रमा दिउँसोसम्म नै हुस्सु/कुहिरो कायमै रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस