२०८३ जेष्ठ २० गते बुधवार

आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई आयोगद्वारा कारबाही


दाङ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।

राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवम् गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस