दाङ । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । यूएई सरकारले त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे जानकारी गराएको हो ।
आबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ । त्यहाँ श्रेष्ठसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयले जनाएको छ । परिस्थिति सहज भएपछि श्रेष्ठको शव स्वदेश फिर्ता पठाउने नेपाली दूतावासले जनाएको छ ।














