दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशका केहि ठाउँमा शुरु भएको छ । शुरुवाती नतिजामा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पाटीले अग्रता लिएको छ भने कांग्रेस र एमालेले पछ्याएका छन् ।
मतगणना सुरु भएका ४० वटा निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ३२ वटा क्षेत्रमा सुरुवाती अग्रता बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म रास्वपाभन्दा कांग्रेस र एमाले धेरैपछि छन् । कांग्रेसले ४ ठाउँमा अग्रता लिएको छ भने एमालेले ३ ठाउँमा अग्रता लिएको छ । यस्तै नेपाली कम्युनिष्ट पाटीले १ ठाउँमा अग्रता लिएको छ ।


















