दाङ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ पर्नुभएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई गएराती पक्राउ गरेको हो । प्रहरीले उहाँलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उहाँले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
बालिकाको उद्दारका क्रममा काठमाडौँ महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
शर्मा दलित कोटाबाट समानुपातिकमा लुम्बिनी प्रदेशसभा सदस्य हुनुुहुन्छ । दाङको तुलसीपुर निवासी शर्मा प्रायः काठमाडौं धुम्बाराहीस्थित घरमा बस्नुहुन्छ ।
एमालेबाट प्रदेशसभा सदस्य बनेकी शर्मालाई १४ बर्षीया बालिकालाई श्रमिक बनाइ राखेको र दुर्व्यबहार गर्ने गरेको आरोप लागेको छ ।















