२०८२ फाल्गुन २ गते शनिवार

रुकुमपश्चिमका ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध


दाङ, २७ फागुन । स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध चयन हुनुभएको छ । राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली निर्विरोध हुनुभएको छ ।

यसैगरी, सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी र स्यार्फु बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा टेकराज विश्वकर्मा निर्विरोध चयन हुनभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस