२०८२ जेष्ठ ८ गते बिहिवार

उसँग भेटघाट गर्नलाई मलाई कुनै इच्छा थिएन तर…..

सन्तोषको ब्यारेकको बार्षिक उत्सवमा भेटेकी थिए बन्धना लाई खैरो खरानी रंगको साडी लगाएकी राम्री देखिएकी थिइ, म टाढै प्यास्टिकको कुर्सीमा बसेर हेरिरहेकी थिए आफ्नो श्रीमानको प्रेमिकालाई।
पहिला पनि भेटघाट गरिसकेका थियौ हामी
सन्तोष ले हामी दुइलाई परिचय गरानु भाको थियोे
त्यसबेला गाइघाट छैट-पर्वको साँझमा त्रियुगा खोलामा एकपटक अचानक हाम्रो जंकाभेट भएको थियोे
त्यसबेला निलो कुर्था-सरवाल लगाकी थिइ।
त्यसबेला कहाँ थाहा थियोे र यो मेरो श्रीमानको प्रेमिका हो भनेर , एकदिन गल्तीले सन्तोष मस्त सुतिरहेको बेलामा उसको म्यासेन्जर खोलेर म्यासेज पढेकी थिए त्यही बेला थाहा पाए कि यो मेरो सन्तोष दुई बर्ष देखि कुनै बन्धनाको राजा पनि हो रहेछन।
म्यासेन्जर पढ्दै गर्दा मस्त निधाई रहेको श्रीमानलाई उठाएर घरमा रणाको मच्चाउन मन लागेको थियोे र यो बन्धनाको घरमा गएर घर परिवारको अगाडी तमासा देखाइदिउं
त्यसपछि मनैदेखी सोचे कि सन्तोष लाई छोडेर जाउ
वा उसलाई नै घरदेखि जानको लागि भनौ
र ठंडा दिमागले यो पनि सोचे कि समझदारीले सन्तोष सँग बन्धनाको बारेमा कुरा गरौँ।
खै किन हो सबैकुरा थाहा पाएर पनि केही कुरा थाहा नपाए झै
गरेर चुपचाप बस्न नै मनले भन्यो, मैले भन्दैमा उसले प्रेम गर्न त पक्कै पनि छोड्दैन नै बरु श्रीमतीले हाम्रो बारे थाहा पाइछे भनेर झनै सतर्कता अपनाउँछन वा उ सँगको सम्बन्ध तोडे पनि उसलाई कसरी मनभित्रबाट मिकाल्न सक्छ?
र फेरि सन्तोष म सँग यति धेरै सन्तोष हुनुहुन्छ कि
यदि सन्तोषको फेसबुक म्यासेन्जर गल्तीले नहेरेकी थिए भने र यो कुरा थाहा नपाएकी थिए भने सायद मैले कहिल्यै उनीहरुको सम्बन्धको बारेमा थाहा पाउने थिइनँ…
सन्तोष को न म प्रति प्रेम बद्लिएको छ, न व्यबहार
अब म प्रती प्रेम छैन भने पनि मेरो अगाडी अभिनय त कुनै फिल्मको आर्टिसले भन्दा कम गर्नु हुदैन थियोे…
सोच्ने गर्छु अरु जस्तै हुने नाटक त गर्छन् मान्छेहरू
तर आफू हुनुको अभिनय गर्नु कति गाह्रो हुन्छ होला
कसरी यति जोससँग चुम्बन अझै पनि..
सायद उनलाई महसुस गर्दा हुन
सन्तोषले थाहा पाउँनुभाको छैन कि अहिले कुन-कुन कुरामा इमाजिन गरिरहेकी हुन्छु भनेर…
सत्य कुरा थाहा नपाएकी भए उसको हरेक चुम्बनको साथमा उसको प्रेममा अझै डुब्दै जान्थे,
उसलाई बिश्वास गर्नु पनि बास्तवमै एउटा आनन्द हो।
सन्तोषले मलाई गरेको माया देखेर सोच्ने गर्छु
के कोही मान्छे दुई जनासँग एकसाथ माया गर्न सक्छ?
बन्धना सँग म्यासेजमा पूरा मदन छ उ
र मसँग एकदम साधा
सन्तोष हामी दुई को सँग राम्रो छ भनेर मेरो दिमाग हल्लिन्छ?
जे भएपनि, मलाई फेरि पहिलाको जस्तो माया हुँदैन अब सन्तोष सँग, प्रेमी देखि एक स्टेप माथि उठाएर सिंघासनमा बसालेर उसलाई श्रीमान बनाएकी थिए, अब त एक स्टेप सिंघासनबाट तल झारेर कुर्सिमा बसालेर बिस्तार बिस्तारै जान दिए।
छोराछोरी ठुला भए भने सायद उसलाई छोडिँदै दिन्छु।
अहिले के बिगार्नु म आफ्नो (खुशी?) गृहस्थी यसबारेमा कुरा गरेर?
मेरो पनि आवश्यकताहरु छन जुन उसबाट पूरा हुन्छन्
प्रैक्टिकल हुन पनि कहिलेकाही बेष्ट आप्शन हुन्छ।
जब त्यसदिन ब्यारेकको बार्षिक उत्शवमा बन्धना लाई देखे
उसँग भेटघाट गर्नलाई मलाई कुनै इच्छा थिएन
तर उ आफै म बसेको ठाउँमा आई र मायालु भावमा गला मिलाई,, उसले थाहा पाकी छैन कि मलाई उसको र सन्तोषको बारेमा थाहा छैन भनेर, त्यसैले उनको अनुहारमा कुनै संकोच थिएन मसँग भेट्दै गर्दा, तर हुनुपनी यस्तै पर्छ।
किनकि उसलाई त थाहा छ नि उसले मेरो श्रीमानसँग प्रेम गर्छे भनेर।
मभन्दा बढी राम्री त छैन बन्धना,
समझदार देखिन्छे, तर त्यसमा म पनि कम छैन
फेरि किन सन्तोषले यसलाई मन पराउनुभयो होला🤔..?
सायद कुराकानी राम्रो गर्छे होला वा अन्य केही कुरा छ
वा अ-कारण नै आएकी होलि
यसको श्रीमान पनि कति हैंसम र कुल छ
यसले सन्तोष सँग प्रेम किन गरेकी होला?
सायद सन्तोषको सेंन्सआफ ह्युमर देखेर मरि मेटिकी होला।
सन्तोषले हामी दुइलाई टाढै बाट हेरि रहनुभाको थियोे
के सोच्नुभयो होला त्यो समयमा?
म र बन्धना औपचारिक बनी रह्यौ
उ आफ्नो श्रीमान र छोरीको बारेमा मात्रै कुरा गरिरही
जस्तो कि उनको मनको चोरी नपक्डियोस भनेर उनले पुरै प्रयास गरिरहेकी थिइ…
मलाई उनको कुरामा कुनै मन लागेको थिएन
मैले उनको अनुहार, कपाल र शरिरलाई हेरिरहेको थिए
जसलाई सन्तोषले थाहा छैन कतिपटक छुये होलान
थाहा त पहिला देखि नै थियोे
तर त्यस शरिरको अगाडी देखेर ऊनीहरु दुइको प्रणय दृश्यमान भए होलान..
पानीपुरी खादा कानबाट पिरो धुवा गएको जसरी मनमा ईष्र्या र क्रोधको पिरो उत्रियो,
मनले भन्यो ठूलो आवाजले कराउ र आफू र सन्तोषको हिजो बेलुका भएको अंतर्ंग सम्बन्धको बारेमा उसलाई सुनाउ..
र एक हजार सर्प उसको छातीमा दौडाइदिउँ
तर केही भनिन, म पनि नाटक गर्नमा पक्का जो भएकी छु।
हाम्रो एनिवर्सरीमा मलाई चुम्बन गरेको सन्तोषको फोटोलाई वालपेपर बनाएर मोबाइल अगाडी टेवलमा राखिदिएँ।
उसले हेरेकी थिइ, पक्कै पनि तड्पी होला
म एक्लै किन जलौं किन तड्पौ? सबैले बराबरी तड्पिनुपर्छ जल्नुपर्छ। यस आगोको झिल्को सन्तोष सम्म पनि पुग्छ।
त्यसपछि म बस्न सकिन
बन्धनालाई वाशरुम जान्छु भनेर म त्यहाँबाट बिदा भएँ।
घर फर्कदै गर्दा मैले सन्तोष लाई भने आज पिपल चोक हुँदै मिठा पान खाँदै जाँउ,
मैले उसको नाउँ काडेको देखेर उ एकपटक झसङ्ग हुनुभयो
र पान पसल तिर मोटरसाइकल घुमाउनुभयो
बाटोमा सधैंको जसरी उसँग टासिएर बसे
र उसले हैंडल समातेको हात हेरे, यहीँ हातले उस बन्धनाको सानी छोरीको हात पनि पक्डिए होलान, कति ठाउँमा, होटलमा मेरो छोरी र श्रीमती भनेर पनि चिनाउनुभयो होला…
एउटा साधा र एउटा मिठा पान सन्तोषले पान वालालाई भन्नुभयो,
‘होइन दुईटै साधा पान बनाउनुस’ मैले आफुलाई मनपर्ने मिठा पानलाई खारिज गरे सन्तोष फेरि झसङ्ग हुनुभयो तर केही बोल्नुभएन।
धेरै सुपारी हाकेको त्यो तितो पान चपाउदै
मैले आफैलाई त्यो नैतिक दवाबबाट पुर्ण रुपमा मुक्त गरे
जसले मलाई आजसम्म अरु सँग प्रेम गर्न देखि रोक्दै आएको थियो।

सन्तोष कार्की मौसुफ फेसबुकबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस