२०८२ साउन १ गते बिहिवार

“जनसम्बन्ध बिस्तार अभियान “दाङमा

दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज “जनसम्बन्ध बिस्तार अभियान ” कार्यक्रम अन्तरगत केन्द्रीय चार नम्बर टोली पार्टीको स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीको नेतृत्वमा  दाङ आइपुगेको छ । बबई गाउँपालिका को हापुरे बजारमा केन्द्रीय टिमलाई भब्य स्वागत गरिएको थियो ।

सोही ठाउमा पार्टीले दाङको पहिलो कोणसभा गरेको छ । उक्त कोणसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले मुलुक अहिले जर्जर अकस्थामा रहेको राष्ट्रिय राजनितीमा सङकट परेको , कुनै पनि समस्या यश ब्यबस्थाबाट पूरा हुन नसक्ने भन्दै देश पस्चगमन तर्फपनि फर्कन नसक्ने यथास्थितिमा पनि रहन नसक्ने भएकोले नयाँ बिकल्पमा जानुपर्ने बताउनुभयो ।  

अबको बिकल्प के हो ? भन्ने बिषयमा पार्टीको एकता राष्ट्रिय महाधिवेशनले पास गरेका कार्यनीति ” नयाँ जनबादी क्रान्तिको खुडकिलो पारगर्दै बैज्ञानिक समाजबादी राज्य ब्यबस्था स्थापना ” नै अहिलेको  बिकल्प हो भन्ने कुरा राख्नु भयो । 

अहिलेको परिस्थिति सृजना यिनै राजनीतिक दलका कारणले पस्चगमनहरु सल्बलाइरहेको कुरा राख्दै यो सँसदिय ब्यबस्थाले देश बर्बाद भएको बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज हुकुम खडकाले मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम सञ्चालन दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो । 

यसैगरी शान्तिनगर ५ रगैचामा केन्द्रीय सदस्य कमरेड धनेश्वर पोख्रेलले  दंगीशरण गाउपालिका मा केन्द्रीय बैकल्पिक सदस नवीन खडकाले सम्बोधन गरेका थिय । दाङमा तिनवटा कार्यक्रम भएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस