२०८२ जेष्ठ ८ गते बिहिवार

दाङमा भेरीको टोकाइबाट पाँच जना घाइते, तीन जनाको अवस्था गम्भिर


दाङ, २५ चैत । दाङमा भेरीको टोकाइबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ भेरीको टोकाइबाट पाँच जना घाइते भएका हुन् । साँझ करिब साढे ६ बजेतिर बाटो हिँड्ने क्रममा भेरीले टोक्दा उनीहरू घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ३५ वर्षीया मनकुमारी केसी, उहाँका १० वर्षीय छोरा यमलाल केसी, ४० वर्षीय बसन्त बुढाथोकी, उहाँकी श्रीमती ४० वर्षीया शिवा बुढाथोकी र दुई वर्षीय छोरा ऋषिराज बुढाथोकी रहेका छन् ।

मनकुमारी केसी र छोरा यमलालको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यस्तै, बसन्त बुढाथोकी, शिवा बुढाथोकी र छोरा ऋषिराजको अवस्था मध्यम रहेकाले साँझ ७ बजेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस