२०८२ जेष्ठ ८ गते बिहिवार

रास्वपाका सभापति लामिछाने कारागार चलान

दाङ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगिएको छ ।

जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने जेलर सुरेश भण्डारीले बताउनुभयो ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस