२०८२ फाल्गुन २६ गते मङ्गलवार

विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न

तुलसीपुर, २९ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक र सञ्चालक समितिबिच कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

संस्थाको वार्षिक कार्यक्रमअनुसार विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रणनीति तय गर्न कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशालामा विद्यालयलाई थप परीस्कृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा कार्याशाला गोष्ठी भएको हो ।

संस्थाका अध्यक्ष शुरक्रराज भण्डारीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनका लागि विद्यालय स्थापना गरिएको जानकारी बताउनुभयो । उहाँले विद्यालयमा सहकारीका शेयर सदस्यका साथै दैनिक ज्यालादारी गरेर घरखर्च चलाउने श्रमिकका छोराछोरीहरु अध्ययनरत रहेको बताउनुभयो । समुदायका नागरीकहरुको साथ सहयोगले विद्यालय यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गदै आएको बताउँदै मानविय संस्कार सहितको शिक्षा प्रदान गरेको बताउनुभयो । आगामी दिनमा सिपमूलक शिक्षा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुर्य प्रसाद शर्माले हाम्रो पहुँच माविले अभिभावक र विद्यार्थीहरुको मनोभाव अनुसार शिक्षा प्रदान गदै आएको बताउनुभयो । उहाँले विद्यालयबाट बजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भइरहेको दाबी गर्नुभयो । सूचना तालिम तथा अध्ययन उपसमितिका संयोजक जिवराज अधिकारीले विद्यार्थी संख्या बढाउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

गोष्ठीमा सहायक प्रधानाध्यापक शिव पुन, शिक्षक चम्मन धिताल, शोभा पौडेल, अञ्जना रिजाल, इश्वरी पोखरेल लगायतकाले विद्यार्थीहरुमा पठन सस्कृतिको विकास गर्नका लागि आगामी दिनमा योजना बनायर जानुपर्नेमा जोड दिएका थिए ।

विद्यालयले गत वर्ष गरेका शैशिक्ष सत्रको गतिविधि र आगामी योजनाका बारेमा प्रधानाध्यापक डिआर भण्डारीले प्रतिवेदन प्रस्तु्‌त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस