
दाङ । तुलसीपुर–६ मा रहेको ग्रेट अरनिको इंगलिस सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीको बिदाई गरिएको छ । विद्यालयले शुक्रबार तुलसीपुरमा कार्यक्रमको आयोजना गरी कक्षा १२ का विद्यार्र्थीको बिदाई गरेको हो ।
विद्यालयका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि केसीले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै शैक्षिक प्रगतिको शुभकामना दिनुभयो । उहाँले कक्षा १२ पास गरिसकेपछि विदेश पलायन हुने क्रम बढेको भन्दै सकेसम्म स्वदेशमै रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र चर्चित हाँस्य कलाकार कमल गाउँलेले प्रस्तुति दिनुभएको थियो । कलाकारको प्रस्तुतिमा विद्यार्थी, अभिभावक तथा शिक्षक रमाएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णुकुमार देवकोटाले विद्यार्थी बिदाई भएर गएपनि भावनात्मकरुपले सधैँ संगै जोडिरहने बताउनुभयो । उहाँले शैक्षिक सफलताका लागि मेहनत र अनुशासनलाई सधैँ आत्मसाथ गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक नारायण भट्टराईले गर्नुभएको हो ।