दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ स्यालापानीमा जनसम्बन्ध विस्तार अभियान कार्यक्रम अन्तरगत कोणसभा कार्यक्रम गरेको छ ।
कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य शशिराम बुढाथोकी र पार्टी जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले सम्बोधन गर्नुभएको हो ।
वक्ताहरुले देश पछाडि फर्कन पनि नसक्ने यथास्थितिमा यहीँ दलाल संसदीय व्यवस्था टालटुल पारेर प्रधानमन्त्री पदमा व्यक्ति परिवर्तन गरेर पनि नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय महाधिवेशनमा पास गरेको नयाँ बहस ‘जनबादी क्रान्तिको खुड्किला पार गर्दै बैज्ञानिक राज्य व्यवस्था’ स्थापना नै अहिलेको समस्याको निकास भएकोले त्यसतर्फ बहस चलाउन आग्रह गर्नुभएको छ ।
वक्ताहरुले अबको बिकल्प पुरानो शक्तिहरु नभई अबको देश हाम्रो एजेन्डाबाट चल्ने र देशलाई सहि निकास दिई शोषितपिडित उत्पडित किसान मजदुर लगाएत विद्यमान समस्या हल गर्न वैज्ञानिक समाजबाद व्यवस्था रहेको बताएका छन् ।
कोणसभामा पार्टी जिल्ला सदस्य नन्दराम रोकाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य तिलक बिकले गर्नु भएको हो ।















