२०८२ जेष्ठ ९ गते शुक्रवार

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिनुभएको छ ।

बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनुभएको हो ।

यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।

प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिनुभएको छ ।

सोही अनुसार अर्को सूचना जारी नभएसम्मका लागि १२ कक्षाको परीक्षा सार्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाउनु भयो ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा छन् ।

शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस