२०८२ जेष्ठ ८ गते बिहिवार

जनयुद्धको झल्को दिने अपेरा (तस्बिरहरु)


दाङ । सामना परिवारले समाजवादका लागि साँस्कृतिक अभियान संचालन गरेको छ । शुक्रबार घोराहीमा गरेको साँस्कृतिक अभियान शनिबार तुलसीपुरमा संचालन गरिएको हो ।

देशमा लोकतान्त्रिक गणतन्त्र आएर संघिय व्यवस्था लागू भएपनि नागरिकको जीवन परिवर्तन हुन नसकेको अवस्थामा अहिलेको व्यवस्थामाथि नागरिकको आक्रोश पोखिन थालेको भन्दै सामना परिवारले साँस्कृतिक अभियानमार्फत नागरिकलाई सचेतना दिन थालेको हो ।

तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा सामाना परिवारका संस्थापक संयोजक मणी थापाले नागरिकले चाहेको परिवर्तन अझै आउन नसकेको बताउनुभयो । उहाँले जनयुद्धलाई हिंसाको संज्ञा दिन नहुने भन्दै परिवर्तनका लागि गरिएको संघर्ष भएको बताउनुभयो ।

यस्तै नेकपाका नेता माइला लामाले गणतन्त्र संघियता आएपनि नागरिक खुशी हुन नसकेको बताउनुभयो । उहाँले नेतृत्व भारतसामु लम्पसार हुँदा नेपालको विकासले गति लिन नसकेको बताउनुभयो ।

दाङमा केन्द्रिय नेतृत्व हुँदा पनि तुलसीपुरको टरिगाउँ विमानस्थलदेखि घोराही–तुलसीपुर सडक, राप्ती राजमार्ग सुधार हुन नसकेको बताउनुभयो । कार्यक्रममा गितसंगितमार्फत नागरिकलाई सचेतना गरिएको छ ।

कार्यक्रममा जनयुद्धको झल्को दिने नाटक अपेरादेखि मणि थापाको कविता ‘महाशय अतिभयो वकवास बन्द गर’ जस्ता सिर्जना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सामना परिवारका संयोजक आरोही सी, जनगायक हेमन्त रुम्बा, रमण थामी लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस