२०८२ जेष्ठ ८ गते बिहिवार

कक्षा १२ को परीक्षा आजदेखि : दाङसहित ६ जिल्लाबाट ३२ हजार परिक्षार्थी सहभागी हुँदै


दाङ, २१ बैशाख । दाङसहित देशभर आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको बताउनुभयो ।

उहाँले देशभर कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो । यस्तै दाङ, सल्यान, रुकुम पश्चिम, रोल्पा, रुकुम पूर्व, प्युठानबाट ३१ हजार ४१ जना परिक्षार्थी सहभागी हुने राष्ट्रिय परिक्षा बोर्ड घोराही शाखाका सूचना अधिकारी खुर्सिद अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जिल्लाका लागि ९७ परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत शिक्षक–कर्मचारी–निरीक्षक–परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस