२०८२ मङ्सिर २७ गते शनिवार

मजगाउँ जहदागाउँ खानेपानी संस्थाको अध्यक्षमा मुक्त बहादुर डिसीसहित सम्पूर्ण प्यानल निर्वाचित


दाङ। तुलसीपुर–१६ मा खानेपानी उपलब्ध गराउँदै आएको मजगाउँ जहदागाउँ खानेपानी संस्थाको अध्यक्षमा मुक्त बहादुर डिसी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा ३०८ मत खसेकोमा लोकतान्त्रिक समावेशी प्यानलका डिसीले १९२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

उहाका प्रतिष्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका पदम बहादुर केसीले १०० मत ल्याउनुभएको छ ।

निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलको टिम नै बिजयी भएको छ । निर्वाचनबाट उपाध्यक्षमा जयसुद्रा चौधरी, सचिवमा पुजा वली, कोषाध्यक्षमा महावीर वली, सहसचिवमा झगुप्रसाद भुषाल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा टिकाराम चौधरी, बल बहादुर डाँगी, रेश्मा परियार, खिम बहादुर बुढाथोकी र नारायण आचार्य निर्वाचित हुनुभएको छ ।

संस्थाको दोस्रो अधिवेशनबाट डिसीको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति निर्वाचित भएको हो । समितिमा एक जना सदस्य पूर्व अध्यक्षबाट मनोनित हुने व्यवस्था छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस