दाङ । नेपाल प्रहरीले सम्पर्कविहीन आफ्ना २१ कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गरी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।
यो सूचना प्रकाशित भएको मितिले (बाटोको म्याद बाहेक) सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ ।















