दाङ, १४ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित बरुवागाउँले कुलोमाथि काँग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीले व्यवसायिक सटर निर्माण गरिरहेका छन् । कुलोमाथि वाल उठाएर टहरा निर्माण गरिँदै गर्दा सार्वजनिक सम्पत्तिको दोहन भएको छ भने कुलो मासिने खतरा बढेको छ ।
पूर्व सांसदसमेत रहेका गिरीले कुलोको दक्षिणतिर रहेको आफ्नो जग्गासँगै उत्तरतर्फ बग्ने कुलोमाथि १० भन्दा बढी सटर निकाल्ने गरी काम गरिरहेका छन् । ती सटर गोदामको रूपमा प्रयोग गरिने छ । ‘मुनी कुलो बग्छ, माथि टहरा पनि प्रयोग हुन्छ । गिरीले भने–‘हामीले कुलो संरक्षण हुने गरी सटर बनाउँदैछौं ।’
तर, सार्वजनिक रूपमा बग्ने कुलोमाथि यसरी टहरा बनाउँदा कुलो मासिने स्थानीयको चिन्ता छ । पहिले झण्डै २० मिटर चौडा रहेको कुलो अहिले ३–४ मिटरमा सीमित छ । सोहि कुलोमाथि पनि व्यावसायिक भवन निर्माण हुन थालेपछि कुलो मासिने जोखिम बढेको हो ।
बरुवागाउँले कुलोमाथि गिरी मात्र नभई तुलसीपुरस्थित केही होटलहरूले पनि संरचना बनाउँदै आएको पाइएको छ । खेतीयोग्य जमिन समेत प्लटिङमा परिणत भइरहेका कारण कुलो पूरै हराउने हो कि भन्ने स्थानीयको आशंका छ । यो कुलोमात्रै भन्दा पनि वर्षायाममा पानी निकास हुने ठाउँ पनि हो ।

गिरी जग्गाको विषयमा गिरी पटक–पटक विवादित हुँदै आएका छन् । यस अघि बजार भित्रकै जग्गा खाली राख्दा बजार विस्तारमा समस्या हुने गरेको भन्दै आलोचना पनि हुने गरेको थियो । यस्तै विवादका कारण उनी स्थानीय तह निर्वाचनमा दुई पटकसम्म लगातार पराजित भएका थिए ।
उनी स्थानीय निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बने पनि लगातार एमालेका उम्मेदवारहरूसँग पराजित भएका थिए ।
बरुवागाउँले कुलो मासिने डर
बरुवागाउँले कुलोको माथि सटर निकाल्ने गेहेन्द्र गिरी पहिलो व्यक्ति भने होइनन् । तुलसीपुर स्थित नाम चलेको एकान्त होटेलले समेत कुलोको माथि ठूला–ठूला भवन बनाइरहेको छ ।
यसरी सार्वजनिक सम्पतिलाई कसैले पनि हडप्न पाइदैन । खेति योग्य जमिन पनि विस्तारै प्लटिङमा परिणत भएपछि यो कुलो हराउने हो की भन्ने स्थानीयको चिन्ता रहेको छ । त्यो कुलो कुनै बेला २० मिटर भन्दा बढि थियो । तर, अहिले त्यो ३/४ मिटर पनि छैन ।









