
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा स्कुलमा विद्यालयस्तरीय सगरमाथा क्वालिटी सर्कल र सगरमाथा चाइल्ड क्लबका लागि विद्यार्थी नेतृत्व चयन गर्न मतदान गरिएको छ ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको मतदान कार्यक्रम बिहिबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृत तिलक डाँगीले जानकारी दिनुभयो ।
निर्वाचनमा कुल ३७२ जना विद्यार्थीले मतदान गरेका छन् । मतगणना भोलि गरिने विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीलाई लोकतान्त्रिक पद्धतिमा अभ्यास गराउन नेतृत्व चयनका निर्वाचन गरिएको बताउनुभयो ।