२०८२ कार्तिक ३० गते आइतवार

गणतन्त्रपक्षधर शक्तिहरु एकजुट हुनुपर्छ : आचार्य


दाङ, १५ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र जोगाउन सम्पुर्ण गणतन्त्रपक्षधर शक्तिहरु एकजुट हुने पर्ने बताउनु भएको छ ।

वर्तमान समयमा गणतन्त्रमाथि प्रतिगामी शक्तिहरूको हमला तीव्र रूपमा बढिरहेको बताउँदै सबै प्रगतिशील शक्तिहरूलाई सचेत र संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो।

उहाँले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रलाई जोगाउन र संस्थागत गर्न सबै नेपालीको कर्तव्य रहेको उल्लेख गर्नुभयो । १८ औं गणतन्त्र दिबसका अबसरमा लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापा को सालिक सहित रहेको सहिदगेटमा राष्ट्रिय जनमोर्चा दाङ द्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहनु भएका आचार्यले कसैले चाहादैमा आजको युगमा पुरानो ब्याबस्था स्वीकार्य नहुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङकी जिल्ला सहसचिव कृष्णा रानाले राष्ट्रिय जनमोर्चाले गणतन्त्रको रक्षा गरौँ’ भन्ने नाराका साथ देशभर कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले जनताको बलिदानीबाट प्राप्त यो व्यवस्था जोगाउन सबै सचेत नागरिकले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।

अखिल (छैठौं) का अध्यक्ष सेवक भट्टराईले राजाबादिहरूले भारतबाट मान्छे भित्र्याएर प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले गणतन्त्रको विरुद्ध गतिविधि बढेको भन्दै सबै प्रगतिशील शक्तिहरूलाई सचेत रहन आह्वान गरे। भट्टराईले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा घोराही नगर अध्यक्ष मनिराम खनालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस