दाङ । पौडेलवंश महासंघ तुलसीपुर नगरको प्रथम अधिवेशन शनिबार (भोलि) हुने भएको छ ।
महासंघको अधिवेशन जिल्ला समितिको कार्यालय तुलसीपुर–७ मोतिपुरमा हुने भएको हो ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने सचिव बसन्त पौडेलले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन पौडेलवंश महासंघका केन्द्रिय सदस्य हरिहर पौडेलले गर्नुहुने भएको हो ।
अधिवेशनमा केन्द्रिय सल्लाहकार सदस्य गिता पौडेल, जिल्लाका पदाधिकारीहरु, तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाका पुजा समिति र पौडेल बन्धु सहभागीता रहने नगर समितिले जनाएको छ ।
शनिबार दिउँसो १ बजेदेखि हुने अधिवेशनमा सहभागीताका लागि सम्पूर्ण पौडेल बन्धुहरुलाई आग्रह गरिएको छ ।










