२०८२ मङ्सिर २७ गते शनिवार

तुलसीपुरमा आफ्नै साथीको कुटाईबाट १४ वर्षीय किशोर गम्भिर घाइते

दाङ, २१ जेठ । तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट १४ वर्षीय किशोर गम्भिर घाइते भएका छन् । रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरी साथीको कुटपिटबाट गम्भिर घाइते भएका हुन् ।

गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको थियो । कुटपिटबाट टाउकोमा चोट लागेको थियो । घाइते गिरीको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । विशाल र यज्ञ साथी भएको र सामान्य विवादमा कुटपिट हुँदा विशाल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

–सच्याइएको

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस