२०८३ भाद्र २१ गते आइतवार

एन प्याव्सन दाङको अध्यक्षमा भण्डारी चयन


दाङ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन) दाङको ७ औँ जिल्ला अधिवेशनबाट हरि प्रसाद भण्डारी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर डाँगी, उपाध्यक्षमा लोकराज भुषाल, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा एकराज बोहरालाई चयन गरेको छ ।

यस्तै, सहसचिवमा रोमहर्ष शर्मा, सहकोषाध्यक्षमा ताराबहादुर केसी तथा सदस्यहरूमा ओमप्रकाश न्यौपाने, मुकुन्द गिरी र अञ्जना खड्का सर्वसम्मत चयन हुनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस