दाङ । तुलसीपुर–७ मोतिपुर निवासी सावित्रा लामिछानेले बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्नुभएको छ । गत भदौ १० गते बुधबारको दिन आएको रसुवा बाढीबाट प्रभावित परिवारलाई लामिछानेले १५ हजार बढी सहयोग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दैवी राहत कोषमा १५ हजार १५५ सहयोग गर्नुभएको हो ।
हाल कतारमा रहनुभएकी सावित्रा लामिछानेले बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।
बाढीका कारण घरबारविहीन र प्रभावित बनेका रसुवाका पीडितहरूका लागि लामिछानेले सीधै ‘प्रधानमन्त्री दैवी राहत कोष’मा रकम जम्मा गर्नुभएको छ ।
रोजगारीको सिलसिलामा विदेशमा रहेपनि मातृभूमिको प्राकृतिक विपत्ति र दाजुभाइ–दिदीबहिनीको दुःखमा साथ दिनु आफ्नो कर्तव्य ठानेर सहयोग गरेको लामिछानेले बताउनुभयो ।
‘देशमा विपत्ति पर्दा प्रवासमा बसेर टोलाएर बस्न सकिएन । संकटको यो घडीमा मेरो सानो सहयोगले पनि प्रभावित परिवारलाई थोरै भए पनि राहत पुगोस् भनेर कोषमार्फत सहयोग पठाएकी हुँ ।’ उहाँले भन्नुभयो ।

























