तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको रेडियो हाम्रो पहुँचका कर्मचारीहरूका लागि पाँच दिने अडियो–भिडियो सम्पादन तालिम सुरु भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो विभागमा कार्यरत कर्मचारीहरूका लागि आज शुक्रबारदेखि तालिम सुरु गरिएको हो ।

तालिम उद्घाटन सत्रमा बोल्दै संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले समय र प्रविधिसँगै रेडियोलाई अडियो भिडियो मार्फ स्रोता माझ पुर्याउन सफल भएको बताउनुभयो । उहाँले संस्थाको नीतिअनुसार कर्मचारीहरूको सीप र क्षमता विकास अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले तालिममले संस्थामा कार्यरत कर्मचारीहरुको व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग पुग्ने बताउनुभयो । सिप सिकेपछि कार्यरत जनशक्तिले संथालाई अझै माथि उठाउन सहयोग पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ । उहाँले कर्मचारीहरुलाई राम्रोसंग सिप सिक्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख जनक भण्डारी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगाएतको सहभागिता रहेको थियो ।

सुचना तालिम शिक्षा तथा अध्ययन उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले गर्नुभएको हो । तालिमको प्रशिक्षकमा झग्गु भण्डारी रहनु भएको छ । आजदेखि सुरु भएको तालिम जेठ २७ गतेसम्म चल्ने छ ।















