दाङ, ५ असार । तुलसीपुर उपमहानरपालिका वडा नम्बर १२ हरीपौरीस्थित पशुपति माध्यमिक विद्यालय विरुद्ध उच्च अदालत तुलसीपुरमा परेको रिट खारेज भएको छ ।
विद्यालयको हिरक जयन्तीको अवसरमा गरिएको कार्यक्रम नै वैधानिक नभएको, तयार पारिएको प्रतिवेदन छानबिन गर्नुपर्ने, नक्कली जग्गादातालाई सम्मान गरिएको भन्दै उच्च अदालत तुलसीपुरमा परेको रिट खारेको हो ।
विद्यालयले गत वर्ष २०८१ साल फागुन १५ गते हिरक जयन्ती मनाएको थियो । त्यस अवसरमा विभिन्न १४ जना जग्गादातालाई सम्मान गरिएकोमा उनिहरु जग्गादाता नभएको भन्दै सोहि ठाउँकै लाल बहादुर रावत, चुर्ण बहादुर रावत, भानुभक्त शर्माले विद्यालयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए ।
तर अदालतले बुधबार रिट नै खारेज गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । हिरक जयन्तीको अवसरमा गरिएको कार्यक्रमको वैधानिकतामाथि प्रश्न उठाउँदै तीन जनाले उच्च अदालतमा रिट हालेकोमा रिट नै खारेज भएको हो ।















