२०८२ मङ्सिर २७ गते शनिवार

राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा सडक सुधारका लागि अपील

दाङ । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर बिष्टलाई सडक सुधार र आवश्यक समन्वयका लागि अपील गरेको छ । मञ्चले आज सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा पर्ने विभिन्न सडक खण्डहरूमा खाल्डाखुल्डी, ट्राफिक संकेतको अभाव र अन्य समस्याहरूले सर्वसाधारणको दैनिक जीवनमा असर परेको उल्लेख गरेको छ । मञ्चले सडकको नियमित मर्मत, खाल्डाखुल्डी पर्र्न, ट्राफिक संकेत राख्न र दुर्घटना न्यूनीकरणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ ।

साथै मञ्चले तुलसीपुर बजार क्षेत्रमा पर्ने सडकको अवस्थालाई विशेष ध्यान दिई सुधार गर्नुपर्ने माग गरेको सदस्य सचीव चेतन रेग्मीले जानकारी दिनुभएको छ ।

मञ्चका अध्यक्ष नवराज लामिछानेले ज्ञापनपत्र बुझाउँदै सडकको अवस्थाले सर्वसाधारणको दैनिक जीवनमा असर परिरहेको भन्दै तत्काल समाधानका लागि आग्रह गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख बिष्टले समस्यालाई गम्भीर रूपमा लिएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अहिले सडक विस्तारको कुनै योजना नभएको, सडक छेउछाउका खाल्डाहरू पुर्न यो वर्ष बजेट नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय राजमार्ग भन्ने वित्तीकै २५ मिटर सडक हुनै पर्छ भन्ने नरहेकोले आवश्यकता अनुसार सडक घटबढ हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा मञ्चका पदाधिकारीहरू दिपक कुमार आचार्य,डा.अरुण कुमार श्रेष्ठ, प्रलाद शाह, सुर्य प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस