२०८३ भाद्र ३१ गते बुधवार

दंगीशरणको राजाकोट सामुदायिक बनमा बृहत् वृक्षारोपण


दाङ। दाङको दंगीशरण गाउँपालिकास्थित राजाकोट सामुदायिक वनमा व्यापक जनसहभागिताका साथ बृहत् वृक्षारोपण गरिएको छ ।

राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई दंगीशरण गाउँपालिका हेकुली, वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफान) दाङ, ग्रिन फाउन्डेसन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर र ज्ञानोदय ईङ्गलिस बोर्डिङ स्कुलले सहकार्य गरेका थिए ।

राजाकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पिमा कुमारी खड्का र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

वृक्षारोपण कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मान बहादुर रावत, दंगीशरण–१ का वडा अध्यक्ष रमेश भण्डारी, दंगीशरण सब–डिभिजन वन कार्यालयका प्रमुख खिम बहादुर के.सी. तथा भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका वरिष्ठ भू–संरक्षण अधिकृत राकेश शाहीको उपस्थिति थियो।

यस्तै, गाउँपालिकाको वन वातावरण समिति संयोजक मिना चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ दाङका सहसचिव भूप बहादुर केसी, नेपाल प्रहरी, विद्यार्थी, जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वनकर्मी तथा सामुदायिक वनका आम उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले रोपेका बिरुवाहरू भावी पुस्ताको भविष्य र वातावरणीय समृद्धिको आधार भएकाले तिनको संरक्षण, गोडमेल र दिगो व्यवस्थापनमा पनि यही किसिमको सहकार्य र सक्रियता निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

राजाकोट सामुदायिक वन उपभोक्ता समूहले हरियाली संरक्षण र समृद्ध सामुदायिक वन निर्माणको साझा अभियानमा हातेमालो गर्ने सम्पूर्ण संघ–संस्था, जनप्रतिनिधि एवं स्थानीय उपभोक्ताहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । कार्यक्रम सहजीकरण समुहको कार्यक्रम समितिको सदस्य बिमला कुसारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस