२०८२ माघ २५ गते आइतवार

आज पनि लुम्बिनी प्रदेशसहित ६ प्रदेशमा भारी वर्षा हुने


दाङ, १८ असार । लुम्बिनी प्रदेशसहित ६ प्रदेशमा आज पनि भारी वर्षाको संभावना छ । अहिले दाङ उपत्यकामा घाम लागेको छ । यद्यपी दिउँसोपख मौसमा बदली देखिने र केहि ठाउँमा भारी वर्षाको संभावना छ । अहिले दाङ उपत्यकासहित देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बुधबार लुम्बिनीसहित ६ प्रदेशमा वर्षाको संभावना रहेको छ ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो लुम्बिनी, गण्डकी, बागमती, कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ । बुधबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।

राति देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस