२०८२ मङ्सिर ३ गते बुधवार

एसईई परिक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ दंगीशरण गाउँपालिका दाङमै प्रथम

दाङ । माध्यामिक शिक्षा परीक्षा २०८१ को एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ दाङको दंगीशरण गाउँपालिका दाङमै प्रथम भएको छ ।

दाङका दश वटा स्थानिय तहमातर्फ दंगिश।ण प्रथम भएको हो । सस्थागत र सामुदायिक विद्यालयको नतिजातर्फ दाङकै दोस्रो स्थानमा रहेकोछ । शिक्षा विकास तथा समन्वय इकाइ दाङले सार्वजनिक गरेको नतिजा अनुसार दाङको दंगीशरण गाउँपालिका सामुदायिकतर्फ ६२ दशमलव ६० प्रतिशतसंगै सामुदायिक तर्फ दाङमै प्रथम स्थानमा रहन सफल भएको हो ।

जस अन्तर्गत सामुदायिक तर्फ तुलसीपुर उपमहानगरपालिकामा ६२ दशमलव ०७ प्रतिशत, बबइ गाउँपालिका ४८ दशमलव ५३ प्रतिशत, घोराही उपमहानगरपालिकामा ३९ दशमलव २१ प्रतिशत, लमही नगरपालिका ४६ दशमलव ७१ प्रतिशत, बंगलाचुली गाउँपालिका, ३० दशमलव ९० प्रतिशत, गढवा १९ दशमलव ७० प्रतिशत, राजपुर गाउँपालिका २३ दशमलव २९ प्रतिशत, राप्ती गाउँपालिका ३९ दशमलव ३७ प्रतिशत, शान्तीनगर गाउँपालिका ४६ दशमलव ६९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

यस्तै सामुदायिक र सस्थगत तर्फको जम्मा प्रतिशतका आधारमा तुलसीपुर उपमहानगरपालिका ७८ दशमलव ७१ प्रतिशत सहित प्रथम, दंगीशरण गाउँपालिका ६६ दशमलव ३४ प्रतिशत ल्याएर दोस्रो, घोराही उपमहानगरपालिका ६३ दशमलव ५४ प्रतिशत सहित तेस्रो भएको छ ।

यस्तै लमही नगरपालिका ६३ दशमलव २३ प्रतिशत सहित चौथो, शान्तीनगर गाउँपालिका ५९ दशमलव ६१ प्रतिशत सहित पाचांै, बबइ गाउँपालिका ५६ दशमलव ९६ प्रतिशत सहित छैठौं, राप्ती गाउँपालिका ५५ दशमलव २६ प्रतिशत सहित सातौ, गढवा गाउँपालिका ३७ दशमलव ५४ प्रतिसत सहित आठौं, बंगलाचुली गाउँपालिका ३० दशमलव ९० प्रतिशत सहित नवौं र राजपुर गाउँपालिका २३ दशमलव २९ प्रतिशत सहित १० औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस