दाङ, २० असार । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले बिजौरी बजार सरसफाई गरेको छ । बजारमा जथाभावी फोहर नफाल्न, पसल अगाडी आफै सरसफाई गर्न आग्रह गर्दै माइकिङ समेत गरेर सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नुभयो । यो समयमा डेंगु रोग लाग्ने भएकोले आफ्ना पसल तथा घरअगाडी सफा वनाउन समेत आग्रह गरिएको छ ।
हेमन्तपुर प्रहरी चौकी, टोल सुधार समिति, मिलिजुली टोल विकास समिति, माल विजौरी, व्यवसायी लगाएतको सहभागीतामा सरसफाई गरिएको हो ।

बजारमा अत्याधिक फोहर भएकोले र वर्षायाम पनि आएकोले यो समयमा लाग्ने रोगवाट बच्नका लागि सचेतनामूलक सरसफाई कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा सचिव मुकेश वलीले जानकारी दिनुभयो ।














