२०८२ फाल्गुन ३० गते शनिवार

देशभर मनसुनी वायुको प्रभाव : यि प्रदेशमा वर्षाको संभावना

दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ भने एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । आज लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस