२०८२ मङ्सिर २७ गते शनिवार

तुलसीपुरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न

तुलसीपुर । राष्ट्रिय जनमोर्चा दाङले आज तुलसीपुरमा पार्टी भेला गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका–७ को वडा भेला गरेको हो ।

वडा समितिका उपाध्यक्ष खेतु प्रसाद भण्डारीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । पार्टी भेलालाई सम्बोधन गदै प्रमुख अतिथि आचार्यले मुलुकमा बढ्दो महँगी, बेरोजगारी र राजनीतिक अस्थिरता प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय जनमोर्चा सदैव नागरिकको पक्षमा रहेर आवाज उठाउदै आएको बताउनुभयो ।

आचार्यले मुलुकमा जनअपेक्षा विपरीतको शासन हुँदै आएको बताउँदै अहिलेको निराशाजनक राजनीतिक अवस्थाको विकल्प राष्ट्रिय जनमोर्चाले दिने दाबी गर्नुभयो । कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राप्रजस्ता दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । अब नागरिहरुको भरोसा राष्ट्रिय जनमोर्चातिर फर्किएको उहाँले बताउनुभयो । अहिलेको निराशाजनक राजनीतिक अवस्थाको विकल्प अब राष्ट्रिय जनमोर्चाले दिने दाबी गर्नुभयो ।

भेलामा नेकपा मसाल दाङका जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल किसान महासंघ दाङका जिल्ला अध्यक्ष ऋषिराम पौडेल, राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर अध्यक्ष श्यामलाल पोखरेल, अन्तर्राष्ट्रिय एकता समाजका पूर्व अध्यक्ष दुर्गा बहादुर केसी, अखिल नेपाल युवक संघका जिल्ला सहसचिव जनक भण्डारी, अखिल नेपाल कानुन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष उत्तम प्रसाद भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य देवबहादुर विक, अखिल नेपाल महिला सङ्घ तुलसीपुर नगर अध्यक्ष निमा रेग्मी, जातीय समता समाजका जिल्ला सदस्य तरेन विक लगायतले भेलामा समसामयिक राजनीतिक अवस्था, बढ्दो महँगी, बेरोजगारी, दलहरूको असफलता, वैकल्पिक शक्तिको खाँचो, किसानको समस्या, भ्रष्टाचारविरुद्धको लडाइँलगायतका बारेमा धारणा राखेका हुन् । वक्ताहरुले सशक्त संगठन निर्माणमार्फत जनताको पक्षमा वैकल्पिक राजनीतिलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

भेलामा समितिको आर्थिक प्रतिवेदन कोषध्यक्ष हरिप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण सचिव दुर्गाप्रसाद भण्डारीले गर्नुभएको हो ।

यसैबिच भेलाले वडाको नयाँ समिति चयन गरेको छ । केदार प्रसाद गोराथोकीको अध्यक्षतामा सर्वसम्मतिबाट १३ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शुक्रराज पोखरेल, सचिवमा खेतु प्रसाद भण्डारी, सहसचिवमा राजकुमार धिताल र कोषाध्यक्षमा हरिप्रसाद रेग्मी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा कृष्णप्रसाद पोख्रेल, पदम केसी, गणेश केसी, मोती भण्डारी, दामोदर रिजाल, बोध प्रसाद खनाल र दोर्ण भण्डारी रहनुभएको छ । समिति दुई वर्षका लागि गठन गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस