२०८२ माघ २५ गते आइतवार

तुलसीपुर नगरप्रमुखलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो ज्ञापनपत्र

दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, दाङले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खडकालाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय समस्या र समाधानका उपायहरूमा ध्यानाकर्षण गराउँदै नगर सेक्रेटरी मन बहादुर वलीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

सडक, कुलो–नहर, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति र बढ्दो शहरीकरणका समस्याबारे ज्ञापनपत्रमार्फत जानकारी गराइएको हो ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य हिरामणी दुःखी, केन्द्रीय सदस्य शसिराम बुढाथोकी, जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरे, नगर इञ्चार्ज हुपमान राना लगायतको सहभागिता थियो ।

ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख खडकाले उठाइएका विषयलाई सकारात्मक रूपमा लिने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहबाट विभिन्न योजना सञ्चालन हुँदा समन्वयको अभाव हुने बताउँदै नगर प्रमुख खडकाले जनताका गुनासो समाधान गर्न सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस