२०८२ माघ २५ गते आइतवार

समाजसेवी उपेन्द्र पौडेलको पहलमा तीन स्थानमा जेब्रा क्रसिङ निर्माण

दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तीनवटा स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । नागरिकको सुरक्षालाई मध्यनजर राख्दै बेलझुण्डी, दुधरास र प्रसेनिमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा तथा वेस्टर्न पार्टी प्यालेस तुलसीपुरका सीईओ एवं समाजसेवी आसिताभ लामिछानेको आर्थिक सहयोगमा क्रसिङ निर्माण गरिएको हो ।

समाजसेवी भरत नाथ योगीको आतिथ्यता तथा बेलझुण्डी गौशालाका संस्थापक अनिल विष्टको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । नेपाल प्रहरीको सक्रिय समन्वय तथा रोहबर रहेको समाजसेवी पौडेलले बताउनुभयो ।

क्रसिङ निर्माणसँगै पैदल यात्रुहरूको सुरक्षा सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ । सडक पार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासीले बताएका छन् । समाजसेवीहरूले आगामी दिनमा अन्य जोखिमयुक्त स्थानहरूमा पनि यस्तै कार्यको योजना रहेको बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस