तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ मा विपद् व्यवस्थापन समिति पुर्नगठन भएको छ । वडामा हुने विपद्का घटनामा प्रतिकार्यका लागि वडा अध्यक्ष राम बहादुर जिसीको अध्यक्षतामा आज मंगलबार बसेको सर्वदलिय तथा सर्वपक्षिय भेलाले समिति पुर्नगठन गरेको हो ।
वडा अध्यक्ष जिसीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । जसमा वडा सदस्य शोभा राम भण्डारी, मान बहादुर राना, डिला विश्वकर्मा, दिवानी चौधरी, प्रसेनि नगर स्वाथ्य केन्द्रका इन्चार्ज सम्पूर्णा चौधरी, अस्थायी प्रहरी पोष्ट प्रसेनिका इन्चार्ज देविलाल अधिकारी, मा.वि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा रहनुभएको छ ।
यस्तै नेपाली कांग्रेस वडा इकाइ सभापति ओम ओली, नेकपा एमालेका वडा कमिटि अध्यक्ष खेमराज विश्वकर्मा, नेकपा माओवादीका वडा कमिटि अध्यक्ष शंकर भट्राई, रास्वपाका तिर्थराज पोख्रेल, राप्रपाका छोटिलाल थारु, राष्ट्रिय जनमोर्चाका ऋषिराम पौडेल र पत्रकार बसन्त पौडेल रहनुभएको छ ।
यस्तै सल्लाहाकारमा पूर्व वडा अध्यक्ष टोप बहादुर केसी र मान बहादुर केसी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारी, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारी र श्यामलाल पोख्रेल रहनुभएको छ ।
भेलामा वडा अध्यक्ष जिसीले वडा हुने विपद्जन्य घटनामा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । भेलामा बोल्ने वक्ताहरुले विपद् जन्य घटनामा सबै एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिएका थिए ।














