२०८२ माघ ५ गते सोमवार

भीमसेन थापाको योगदान

दुई सय चालिस वर्षअघि जन्मेका सम्झनामा पनि नरहेका केही पात्रमध्ये भीमसेन थापा पनि हुन् । नेपाल माताले त्यस्ता त्यस्ता वीर पनि जन्माइन् । जसलाई दुश्मनको हातबाट नेपाल बचाउने महापुरुष भनेर चिनिन्छ । प्रधानमन्त्री भीमसेन थापा गोरखा जिल्लाको बोर्लाङ पिपलचोक गाउँमा वि.सं. १८४२ श्रावन ९ गते सानाकाजी अमरसिंह थापाकी पत्नी सत्यरुपाको कोखबाट जन्म भएको थियो ।

रणबहादुर शाहले जेठा छोरा हुँदाहुँदै कान्तीबतीको छोरा गिवार्णयुद्धलाई राज्य पाउन कुनै समस्या नपरोस् भनेर शासन त्याग गरे । ‘राजा पद त्याग गरेपछि दरबारमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन्‌’ दामोदर पाँडेले भनेका थिए । तसर्थ आफुलाई मन लागेको ठाउँमा जीवनयापन गर्नको लागि चाहिने जति खर्च लिएर रिटायर भई बस्ने समेत सल्लाह दिए ।

रणबहादुर शाह काँशी गएकाले नेपालको स्थितिमा परिवर्तन भयो । रणबहादुर शाहको बनारस आगमनबाट फाइदा उठाई अंग्रेज सरकारले दोहोरो चाल चलायो । रणबहादुर शाहलाई नेपाल आउन रोक लागेस् भनेर वि.सं. १८५८ को कार्तिक महिनामा दुवै देशबीच सन्धि भयो ।

यस सन्धि अनुसार कप्तान नक्स प्रथम आवासिय दूत भई दलबलसहित १० अप्रिल वि.सं.१८०२ मा काठमाडौँ आए । यस सन्धिबाट रणबहादुर शाह अप्रसन्न भए । कप्तान नक्सको उद्देश्य नेपालको सैनिक स्थिति, आन्तरिक र बाह्य सुरक्षाबारे पत्ता लगाउने थियो ।

भीमसेन थापाकै सल्लाह अनुसार सन्धि खारेज गरेको, रणबहादुरलाई अंग्रेजसंग कुनै पनि लिखित सम्झौता नगर्न सल्लाह दिएका थिए । रणबहादुर शाहलाई बनारसबाट सुरक्षितपूर्वक ल्याएका थिए भने उनको सत्ता जोगाइदिने काम गरेका थिए ।

राहदानी : त्यसबेला नेपालको छिमेकी राज्य भारतमा अंग्रेजहरुको शासन थियो । तिनीहरु नेपाल र नेपाली भएर तिब्बत–चीनसित व्यापार गर्न उत्सुक थिए । नेपालले तीनिहरुलाई यस्तो सुविधा दिन नचाहेकाले नेपालसित युद्ध गर्नुपर्ने संभावनाले तिनीहरुले नेपालबारे जानकारी प्राप्त गर्न जासुसहरु पठाउँथे । नेपालको पहाडको गोपनियता भंग भएमा अंगेजहरुलाई नेपाल पस्न सजिलो हुने थियो । तसर्थ अंगेजको यो नीतिलाई असफल पार्न भीमसेन थापाले राहदानी प्रथा लागू गरेका थिए । कुनै पनि विदेशीलाई नेपाल प्रवेश गर्न राहदानी चाहिन्थ्यो । यो व्यवस्था कट्टरताका साथ लागू गर्न राहदानी विभाग नै खडा गरेर ठाउँ–ठाउँमा गढी खोलेका थिए । त्यस बेलाको कुचक्री अंगे्रजबाट बच्ने दिशामा भीमसेन थापाको काम निश्चय नै प्रशंसनिय थियो ।

फौजि व्यवस्था : अंग्रेजको शत्रु फ्रान्सबाट विषेशज्ञहरु झिकाएर नेपाली सेनालाई ढंगको तालिम दिन थालिएको थियो । सम्पूर्ण नेपाली सेनाको पोशाक फ्रेन्च सेनाकै ढंगले बनाइयो । सेनालाई बस्नका लागि छाउनी र व्यारेक निर्माण गरिएको थियो । तोप, बन्दुक, गोलीको निर्माण कार्य शुरु गरिएको थियो ।

पाल्पा कब्जा : अबध अंग्रेजको मातहतमा गइसकेकाले पाल्पाको सम्बन्ध अंगे्रजसित कायम गरिएको थियो । यस्तो स्थितिमा पाल्पामाथि सोझै आक्रमण गरेमा अंग्रेजलाई पहाडको गोपनियता पाल्पाले जानकारी दिन सक्दैन थियो । पाल्पा नजितिएमा एकिकरण पूरा नहुनुको साथै नवविभिजित क्षेत्रमाथि नराम्रो असर पर्ने सम्भावना थियो । त्यसकारण पाल्पा जित्न भीमसेन थापा र रणबहादुर शाहले षडयन्त्र गरे । त्यस अनुसार पाल्पाका पृथ्वीपाल सेनकी छोरीसंग रणबहादुरले बिहे गर्ने भएकाले उनलाई काठमाण्डौँ जान भनियो । उनी जानासाथ गएका सम्पूर्ण व्यक्तिलाई ललितपूरमा कैद गरिए । त्यसपछि भीमसेन थापाले आफ्ना पिता अम्मरसिंह थापालाई पाल्पा कब्जा गर्न पठाए ।

सल्यान कब्जा : रणबहादुर शाहको हत्यापछि पृथ्वीनारायण शाहको छोरी विलासकुमारीले सल्यानबाट काठ्माण्डौँ गएर भीमसेन थापाको विरोध गरेकाले सामान्य भत्ता दिनेगरी सल्यानलाई वि.सं. १८६६ बैशाख १० गते नेपालमा मिलाइयो ।


राजदूत नीति : सुगौली सन्धिपछि ब्रिटिस दूत रहन गयो । ब्रिटीस दूतहरुको उद्देश्य नेपालमा गोलमाल मच्चाउने र राज्य नै हडप्ने थियो । त्यसकारण ब्रिटीस दूतले आफूसित बाहेक अरुसित भेट्न नपाउने, घुम्न पनि नपाउने प्रतिबन्ध लगाएका थिए । ब्रिटीसको कुटनीति सफल हुन पाएको भए नेपाल अहिलेसम्म स्वतन्त्र रहने थिएन ।

पूर्वी तराई : भीमसेन थापाले सुगौली सन्धीले छिनिएको पूर्वी तराई ‘राप्तीदेखि कोशीसम्म’ वि.सं.१८७३ पुस ७ गते अंग्रेजबाट नेपाललाई फिर्ता दिलाए । ब्रिटेनको शक्ति र तरिकाबारे जानेर सत्तामा रहेसम्म नेपालको रक्षा गर्न सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका थिए । दुश्मनको हातबाट नेपाल बचाउने महापुरुष अथवा चीलबाट चल्ला जोगाएझैँ भीमसेन थापाले नेपाल बचाएकाले उनलाई राष्ट्रिय विभूतिले सम्मान गरिएको हो ।

-लेखक शान्तिनगर गाउँपालिका–४ गिधनिया दाङ निवासी मीन बहादुर केसी पूर्व शिक्षक हुनुहुन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस