दाङ । युवा संघ नेपाल लुम्बिनी प्रदेशको इन्चार्जमा दाङका देबु बस्नेत मनोनित हुनुभएको छ । युवा संघ नेपालको दोस्रो बैठकले तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरा निवासी बस्नेतलाई लुम्बिनी प्रदेशको इन्चार्जमा मनोनित गरेको हो ।
बिगत करिब २ दशकदेखि राजनीतिमा सक्रिय बस्नेतलाई युवा संघ नेपालले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । उहाँले यसअघि युवा संघ नेपालको गाउँ कमिटी, नगर कमिटी, क्षेत्रिय कमिटी, जिल्ला कमिटीका प्रमुख पदमा जिम्मेवारी लिएर काम गरिसक्नुभएको छ ।
यस्तै केन्द्रिय कमिटीमा स्थायी कमिटी सदस्यमा समेत जिम्मेवारीमा रहनुभएको थियो । बस्नेत यसअघि २०७४ सालमा माओवादी र एमालेको एकता भएर नेकपा हुँदा युवा संघको दाङ जिल्ला संयोजकको जिम्मेवारीमा रहनुभएको थियो ।
यस्तै उहाँले नेकपा विघटन भएपछिको अवस्थामा २०७८ देखि २०८० सम्म जिल्ला अध्यक्षमा रहेर समेत काम गरिसक्नु भएको छ । यस्तै युवा संघ नेपालको दोस्रो बैठकले तुलसीपुर–१० का सन्तोष वलीलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवार प्रदान गरेको छ ।









