तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा जुनियर रेडक्रस सर्कल (हाम्रो पहुँच) गठन गरिएको छ ।
हिजो आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थी सुदिप चन्दको सभापतित्वमा १३ सदस्यीय रेडक्रस सर्कल गठन गरिएको हो । समितिको उपसभापतिमा शिखा थापा, सचिवमा सुमिना परियार, सह–सचिवमा सुयोग ओली, कोषाध्यक्षमा संग्रिम भण्डारी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा हिमान्सु विसी, सुदिप परियार, सागर चौधरी, बिपुल पौडेल, आयुष रायमाझी, उषा ओली, उर्मिला रोकाय, दिपिका केसी रहनुभएको छ । यसैगरी कमिटिको संयोजक प्रधानाध्यापक डिआर भण्डारी, शिक्षक नायक नन्दकुमार केसी र शिक्षक सहनायकमा अञ्जना रिजाल चयन हुनुभएको छ ।

कमिटि गठनपछि विद्यार्थीहरुलाई रक्तदाता उत्प्रेरण तथा रेडक्रस अभिमु्खीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला जुनियर युवा समिति संयोजक भिमलाल मरासीनि र रेडक्रस तुलसीपुर शाखा प्रमख बिश्राम अधिकारीले रेडक्रसमा आबद्ध विद्यार्थीहरुलाई रेडक्रसको काम कर्तव्य बारे प्रशिक्षण दिनुभयको थियो ।















