२०८२ मङ्सिर २७ गते शनिवार

आज दिउँसो तराईका क्षेत्रमा पानी पर्ने संभावना


दाङ, १४ साउन । दाङ उपत्यकासहित तराईका जिल्लामा आज पनि बिहानैदेखि मौसममा बदली देखिएको छ । दिउँसोपख तराईका केहि जिल्लामा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केहि दिन कमजोर बनेको मनसुन सक्रिय भएसंगै वर्षा हुन थालेको छ । तर ठुलो पानी पर्न सकेको छैन् । यद्यपी पूर्वका केहि ठाउँमा ठुलो वर्षाले जनधनको समेत क्षति गरेको छ ।

आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस