तुलसीपुर,१६ श्रावण । दाङमा कोदो दिवश मनाइएको छ ।सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न र उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले यसपर्षबाट राष्ट्रिय कोदो दिवस मनाउने भएपछि पहिलोटक तुलसीपुरमा राष्ट्रिय कोदो दिवश मनाइएको हो ।

तुलसीपुरमा रहेको भिक्टिोरीया एकाडेमीमा कृषि लोकसेवा अध्ययनरत विद्यार्थीहरुले प्रथम कोदो दिवश मनाएको संस्थाका प्रवन्ध सञ्चालक केशव लामाीछानेले जानकारी दिनुभयो ।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विद्यार्थीहरुले कोदोबाट बन्ने विभिन्न १२ वटा परिकारहरु बनाएका थिए ।

मानव स्वास्थ्यका लागि कोदो अत्यन्त उपयोगी खाद्यान्न वाली रहेका भन्दै उत्पादन बढाउइ आयातलाई घटाउनुपर्ने उनिहरुले धारणा राखेका थिए । कृषि विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन र खाद्य तथा पोषण सुरक्षाका लागि सरकारले अव हरेक बर्ष साउन १६ लाई राष्ट्रिय कोदो दिवस मनाउने छ ।














