२०८२ माघ ८ गते बिहिवार

फेरि दाङ–सल्यान सडक अवरुद्ध


दाङ, २० साउन । दाङ–सल्यान सडकखण्ड फेरि अवरुद्ध भएको छ । कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईका अनुसार दाङ–सल्यानको सिमाना नजिकै पहिरो खसेपछि आज बिहान ५ बजेदखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण कपुरकोट–३ मा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । पहिरोले अहिले सवारीसाधनहरु बिचबाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालय दाङबाट जेसिबी आउन लागेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस