२०८२ माघ ५ गते सोमवार

पहिरोले अवरुद्ध बनेको दाङ–सल्यान सडक अझै खुलेन : टिप्पर फसेपछि थप समस्या

दाङ। गएरातीदेखिको लगातारको वर्षातका कारण अवरुद्ध बनेको दाङ–सल्यान सडकखण्ड अझै खुलेको छैन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयौँ यात्रु बिचबाटोमै रोकिएका छन् ।

कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईका अनुसार दाङ–सल्यानको सिमाना नजिकै पहिरो खसेपछि आज बिहान ५ बजेदखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण कपुरकोट–३ मा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण अहिले सवारीसाधनहरु बिचबाटोमै रोकिएका छन् ।

पहिरो हटाउने प्रयास जारी छ । तर अहिले टिप्पर फसेका कारण छिट्टै संचालनमा आउने संभावना कम रहेको प्रत्यक्षदर्शी बादल आचार्यले जानकारी दिनुभयो ।

पहिरो हटाउन धेरै समय लाग्ने अनुमान गरिएको छ । पैदल आवातजावात समेत हुन सक्ने अवस्था छैन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस