तुलसीपुर । बिजौरीमा शनिबार पनि पसल खुल्ने भएका छन ।
बिजौरी उद्योग बाणिज्य संघको आज शुक्रबार बसेको आकस्मिक बैठकले नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै भोलि साउन २४ गते देखि कार्तिक १५ गतेसम्म पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ १४ गते हुन लागेको संघको १२ औं बार्सिक साधारणसभालाई भब्य र सभ्य तरिकाले सम्पन्न पार्न विभिन्न उपसमिति पनि गठन गरेको संघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो ।
संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बैठक बसेको थियो ।














